
नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक आइतबार साँझ ५ बजेका लागि तय भएको केन्द्रीय कार्यालयले जनाएको छ ।
च्यासलस्थित पार्टी कार्यालयमा बस्ने सचिवालय बैठकमा समसामयिक विषयमा छलफल गरेर आवश्यक निर्णय हुने बताइएको छ । पछिल्लो समय एमाले व्यापारीबाट दानमा जग्गा लिएका कारण आलोचित भएको छ ।