
सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा आइतवार बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठजना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।
दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।
उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस दुर्घटनामा परेको हो । विपरीत दिशाबाट तीव्र गतिमा आएको मोटरसाइकललाई जोगाउन खोज्दा उक्त बस दुर्घटना भएको प्रहरीको भनाइ छ ।