
पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ । उनकाे उपचारका क्रममा निधन भएकाे हाे ।
७२ वर्षीय मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि शनिवार कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका थिए । मिश्रका श्रीमती र एक छोरा छन् । –रासस