२३ असार २०८३, मंगलबार
रवि पक्राउको विरोधमा प्रदर्शन

झडपको संकेतपछि पोखरामा अनिश्चितकालीन निषेधाज्ञा

कात्तिक ४, २०८१
काठमाडौं
झडपको संकेतपछि पोखरामा अनिश्चितकालीन निषेधाज्ञा

रवि लामिछाने पक्राउको विरोधमा झडप हुन सक्ने भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले विज्ञप्ति जारी गर्दै आइतबार पोखराको शहीद चोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेका हुन् । 

लामिछानेलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउनु अघि विरोध प्रदर्शन र झडप हुन सक्ने भएकोले प्रशासनले निषेधित क्षेत्र तोकेको हो । 

सहकारी पीडित र रास्वपाका समर्थकहरूले प्रदर्शन गरेपछि प्रशासनले निषेधित क्षेत्रको आदेश जारी गरेका हुन् ।

आइतबार पौने १२ बजेदेखि अर्को आदेश जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । 

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ जुलुस प्रदर्शन र विरोधका कार्यक्रम गर्न नपाउने उल्लेख छ । 

शहीद चोक र गैह्रपाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।​

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो ।

उनलाई आजै अदालत सामु उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ​

null

salt training

कमेन्ट गर्नुहोस्