उच्च अदालत विराटनगरले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज नन्दको इजलासले आइतबार प्रमुख साम्पाङको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।
वैदेशिक भ्रमणमा जानुअघि प्रमुख साम्पाङले वडा नम्बर ११ का अध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।
वडाअध्यक्षलाई कार्यहका दिएपछि उपप्रमुख आइन्द्रविक्रम बेघाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
उक्त रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
कात्तिक ४ गते उपप्रमुख बेघाले उच्च अदालत विराटनगरमा रिट दर्ता गराएका थिए । वडा अध्यक्ष फागो भने मेयर साम्पाङका नातामा मामा ससुरा पर्छन् ।
उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएको भनेर मेयर साम्पाङको आलोचना भएको थियो ।
धरानका राजनीतिक दलहरूले पनि मेयरको विरोध गरेका थिए ।