१३ असार २०८३, शनिबार

सूर्यदर्शनमा योजनाबद्ध ठगी

कात्तिक ५, २०८१
काठमाडौं
सूर्यदर्शनमा योजनाबद्ध ठगी

 पोखराको नालामुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीको कार्यालयमा अहिले ताला लागेको छ । २०६३ मा खुलेको यो सहकारीका गतिविधि र छानबिन प्रतिवेदनहरूले स्थापनादेखि नै यसका सञ्चालकहरूले योजनाबद्ध ढङ्गले ठगी गरेको पुष्टि गर्छन् ।

सूर्यदर्शनमा सर्वसाधारणको बचत र सेयर गरी एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपियाँ ठगी भएको प्रहरी प्रतिवेदन छ । ज्ञानबहादुर बम्जनको सव्रिmयतामा खुलेको सूर्यदर्शनले सुरुमा स्थानीयवासीलाई नै सञ्चालक समितिमा राखेको थियो ।  गोरखा भूपूहरूलाई समितिमा राखेर रकम सङ्कलन गरेपछि योजनाबद्ध रूपमा उनीहरूलाई समितिबाट हटाइयो ।

अहिले पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहेका देवबहादुर नेपालीसमेत दोस्रो कार्यकालमा सूर्यदर्शनको उपाध्यक्ष थिए। नेपालीले सूर्यदर्शनको नेतृत्व नपाएपछि आफ्नै अग्रसरतामा पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी स्थापना गरेका थिए । 

चार वर्षपछि ओखलढुङ्गाका गीतेन्द्रबाबु (जिबी) राईको सूर्यदर्शनमा प्रवेश भयो । पछि सहकारीमा रामेछापका कैलाशकुमार दर्लामी र पूर्वउपराष्ट्रपतिका छोरा दिपेशकुमार पुन जोडिएको देखिन्छ । पोखरा महानगर मात्र कार्यक्षेत्र भएको सहकारी खोली कास्कीबाहिरका पदाधिकारी राखिनु ठगीकै अर्काे कडी हो । सूर्यदर्शनमा योजनाबद्ध ठगी भएको खबर गोरखापत्रमा छापिएको छ   ।
 

salt training

कमेन्ट गर्नुहोस्