१० साउन २०८३, आइतबार
टी–२० क्रिकेट शृंखला

अमेरिका विरुद्धको टी-२० सिरिज : आसिफको अर्धशतक, नेपाल लक्ष्यतर्फ अघि बढ्दै

कात्तिक ५, २०८१
काठमाडौं
अमेरिका विरुद्धको टी-२० सिरिज : आसिफको अर्धशतक, नेपाल लक्ष्यतर्फ अघि बढ्दै

अमेरिका विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । सोमबार बिहान अमेरिकाको डालासमा १५७ रनको लक्ष्य पछ्याउने क्रममा उनले अर्धशतक प्रहार गरेका हुन् । 

३८ बलमा आफ्नो अर्धशतक पूरा गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरेका हुन् । अर्धशतक बनाएलगत्तै उनी आउट भएका छन् । 

अहिले कुशल भुर्तेल १४ रन बनाएर खेलिरहेका छन् । उनलाई सात दिन कुशल मल्ल आएका छन् । यसअघि अनिल शाह १३ रन बनाएर आउट भएका थिए । नेपाल अहिले बलियो अवस्थामा छ । 

अमेरिकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज क्लिन स्विप गर्न नेपालले १५७ रनको टार्गेट पाएको छ । सोमबार बिहान सिरिजको तेस्रो तथा अन्तिम खेलमा डालासस्थित घरेलु टोलीले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो । 

टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५६ रन बनाएको थियो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ६८ रन बनाए । ५० बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, मिलिण्ड कुमारले ३५ बलमा नटआउट ४३ रन बनाए । आरोन जोन्स १३, श्याम जाहाङ्गिर ९,  कप्तान मोनाङ्क पटेल २ र आन्ड्रिज गौस २ रन बनाएर आउट भए । हर्मीत सिंह १० रनमा नटआउट रहे । 

नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा २७ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै, रिजन ढकाल र लिलित राजवंशीले समान एक/एक विकेट लिए । 

नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितिसकेको छ । यो खेल पनि जितेमा नेपालले क्लिन स्वीप गर्ने छ । 

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।

टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्