१९ असार २०८३, शुक्रबार

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

कात्तिक ५, २०८१
काठमाडौं
सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार एक लाख ६५ हजार रुपैयाँमा उच्च मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँ बढेको छ। यसदिन चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्