१४ असार २०८३, आइतबार
सहकारी ठगी प्रकरण

प्रहरी हिरासतमा रहेका रविसँग बयान लिइँदै, पोखरामा सुरक्षा व्यवस्था कडा

कात्तिक ५, २०८१
कास्की
प्रहरी हिरासतमा रहेका रविसँग बयान लिइँदै, पोखरामा सुरक्षा व्यवस्था कडा

सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । 

अदालतले लामिछानेलाई हिरासतमा राख्न ६ दिनको म्याद दिएपछि रास्वपाले प्रदर्शनलाई निरन्तरता दिन लागेको हो ।

उता प्रहरी हिरासतमा सोमबारबाट रविको बयान शुरू हुँदैछ । शुरूमा केन्द्रबाट आएको सीआईबीको टोलीले उनीसँग बयान लिनेछ ।

त्यसपछि बयानका लागि सरकारी वकिलको कार्यालय लगिने कास्की प्रहरीले जनाएको छ ।

सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको थियो ।

सोही प्रतिवेदन कार्यान्वयनका क्रममा रविलाई पक्राउ गरिएको हो । गोरखा मिडिया नेटवर्कका अर्का सदस्य छविलाल जोशी बञ्जाडे झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् ।

लामिछानेले सहकारी ठगीमा आफूले संसदीय छानबिन समितिबाट ‘क्लीन चिट’ पाएको दाबी गर्दै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्