
शेयरबजारमा सोमबार पनि ठूलो पहिरो गएको छ ।
नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा कायम भएको छ ।
२२१ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा २३ कम्पनीको मूल्य बढेको छ ।
७२ हजार ४२५ पटक शेयर किनबेच हुँदा ५ अरब ९० करोडको कारोबार भएको छ ।
बिहीबार अन्तिम अन्तिम घण्टाबाट शुरू भएको आक्रामक सेलिङ प्रेसर सोमबारसम्म कम भएको छैन ।
सोमबार दिनभर नै बिक्रेता हावी हुँदा बजारले गति लिन सकेन ।