
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य नियुक्त भएका छन् ।
उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सोमबार १८ जना सदस्य नियुक्त गरेका हुन् ।
‘नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१० (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा देहायका व्यक्तिहरूलाई आज नियुक्त गर्नु भएको छ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानमा बाजुराका कविराज पण्डित, डा. जगदीशचन्द्र पोखरेल, बिजुला बर्मा, केदारनरसिंह केसी, बलदेव तिमल्सिना, प्रताम पौडेलसहितका नेता छन् ।
को को छन् सदस्य ?
१. कविराज पण्डित, बाजुरा
२. डा. जगदीशचन्द्र पोखरेल, तनहुँ
३. छन्दबहादुर पहराई, गुल्मी
४. बिजुला वर्मा, सिन्धुली
५. डा. केदारनरसिंह केसी, नुवाकोट
६. रीना उप्रेती केसी, सोलुखुम्बु
७. वीरेन्द्र यादव, धनुषा
८. कृष्णप्रसाद पौडेल, कास्की
९. भरत प्रसाई, झापा
१०. कमल कार्की, भक्तपुर
११. बलदेव तिमिल्सीना, सिन्धुपाल्चोक
१२. डोलराज भुसाल, स्याङ्जा
१३. प्रताप पौडेल, बाग्लुङ
१४. हजारी नेपाली (वादी), जाजरकोट
१५. विश्वदीप लामिछाने, काठमाडौं
१६. नाहिदा परविन, रौतहट
१७. भवानी पन्त, कञ्चनपुर
१८. अनार बस्नेत, काठमाडौं