
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि डा. मुकुल ढकालले रास्वपामा कोही छ भने आफूमात्रै भएको बताएका छन् ।
सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि सोही पार्टीका ढकालले कानूनभन्दा माथि कोही नभएको बताएका हुन् ।
‘म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक । पार्टीको खास नामअनुसार । आज रास्वपामा कोही छ त, म छु । एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु । विधिको शासन, कानूनभन्दा माथि कोही छैन र राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु,’ ढकालले लेखेका छन्, ‘कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भीड रवि लामिछाने क्लबका सदस्यहरूको हो ।
रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा 'विधिको शासन’
पार्टीमा सुधार र शुद्धीकरणको माग गरेपछि ढकाललाई महामन्त्री र पार्टी प्रवक्ताबाट हटाइएको थियो ।
तर उनले अझै रास्वपाको नेतामा दाबी गर्न छोडेका छैनन् ।