०३ साउन २०८३, आइतबार

भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई

कात्तिक ५, २०८१
काठमाडौं
भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भ्रष्टाचारको छानबिनका लागि बलियो संस्था आवश्यक रहेको बताएका छन् । 

नेसपाको आजदेखि पोखरामा सुरु भएको प्रथम विधान अधिवेशनको उद्घाटन गर्दै उनले भ्रष्टाचारको निष्पक्ष छानबिन नभएकाले शक्तिशाली र साधनस्रोत सम्पन्न संस्थाको खाँचो रहेको बताए ।  

उनले भने, “फरक पार्टीकालाई भ्रष्टाचारको मुद्दा लगाउने र आफ्नालाई संरक्षण गर्ने गरिएको छ । यसरी देशमा सुशासन कायम हुन सक्दैन । भ्रष्टाचार नियन्त्रण गर्न बलियो संस्था आवश्यक छ ।”

संयोजक भट्टराईले राष्ट्रिय एकता बलियो बनाउनका लागि देशभित्र रोजगारी सिर्जना गरेर युवाहरुलाई देशभित्र नै राख्नुपर्नेमा जोड दिए । 

नेसपाको वैचारिक राजनीतिक विश्लेषणा सही रहेको बताउँदै केही समय लागे पनि आफूहरुको विचार स्थापित भएरै छाड्ने उनले जिकिर गरे । 

नेता भट्टराईले बाहिरी शक्तिहरुले नेपालमा अस्थिरता फैलाउने प्रयास गरेको जिकिर गरे । उनले सङ्घीयता र समावेशी लोकतन्त्रलाई बलियो बनाएर हिमाल, पहाड र तराईकाबीच  बलियो एकता निर्माण गर्नु आवश्यक रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्