०४ साउन २०८३, सोमबार

टीकापुर विमानस्थलमा परीक्षण उडान गर्ने तयारी

एयरपोर्ट गाई चराउन होइन, प्लेन उडाउन हो : राज्यमन्त्री चौधरी
कात्तिक ६, २०८१
काठमाडौं
टीकापुर विमानस्थलमा परीक्षण उडान गर्ने तयारी

कैलालीको टीकापुर विमानस्थलमा परीक्षण उडान हुने भएको छ । लामो समयदेखि बन्द विमानस्थल सञ्चालनका लागि परीक्षण उडान गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुणकुमार चौधरीले बताए । 

आउँदो कात्तिक ११ गते टेस्ट फ्लाइट गर्ने तयारी रहेको उनले बताए । त्यसका लागि नेपाल वायु सेवा निगमसमेत तयार रहेको बताउँदै नेपाल उड्डयन प्राधिकरणसँग समन्वय भैरहेको उनको भनाइ छ । 

अहिले विमानस्थलमा सरसफाइलगायत तयारीका काम भैरहेको छ । नेपालगञ्ज विमानस्थलबाट इन्जिनियर खटाएर आवश्यक तयारी गरिरहेको उनले बताए । 

टेस्ट फ्लाइटपछि तत्काल छोटो दुरीमा हवाई उडान नियमित गर्नेबारे आफूले पहल गरिरहेको उनको भनाइ छ । छोटो दूरीसँगै विमानस्थलको स्तरोन्नतीगरी टीकापुर-काठमाडौं उडान शुरू गर्ने आफूहरूको लक्ष्य रहेको उनले बताए । विमानस्थल गाई चराउन नभएको भन्दै हवाई उडान शुरू हुने राज्यमन्त्री चौधरीले बताए । 

यसअघि कात्तिक १ गते मन्त्रालयले विमानस्थलको दुवैतर्फको बाटो बन्द गराउन टीकापुर नगरपालिकालाई पत्राचार गरेको थियो । मन्त्रालयले दुवैतर्फको बाटो बन्द गरी विमानस्थल क्षेत्रको उचित सरसफाई गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । 

null

बन्द अवस्थामा रहेको विमानस्थलका दुई ठाउँमा घेरावार काटेर स्थानीयले सडकका रूपमा प्रयोग गर्दै आएका छन् भने खाली चौरमा स्थानीयले गाईभैंसी चराउँदै आएका छन् । पश्चिम तर्फको सडक स्थानीय पालिकाले कालोपत्रेसमेत गरेको छ ।

२०४२ सालमा सञ्चालनमा आएको विमानस्थल २०५४ मा बन्द भएको थियो । विमानस्थल पुनः सञ्चालनका लागि स्थानीय स्तरबाट धेरै प्रयास गरिए पनि अहिलेसम्म सम्भव हुन सकेको छैन ।


 

salt training

कमेन्ट गर्नुहोस्