
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हंसपुर नगरपालिका- ६ तिलीका २२ वर्षीय अरविन्द्रकुमार मण्डल छन् । उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँस्थित घरमा डीजे बजाउनका लागि तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।