
ट्रायम्फ नेपालले एकै दिन २ सय वटा मोटरसाइकल डेलिभरी गरेको छ ।
'ट्रायम्फ डे : २०० मशिनस्, वान प्यासन' अन्तर्गत मोटरसाइकल वितरण गरिएको कम्पनीले जनाएको छ ।
लन्चपछि गत अगस्टमा प्रि-बुक भएका मोटरसाइकल विशेष कार्यक्रमका साथमा डेलिभरी गरिएको हो ।
काठमाडौंको नक्सालस्थित ट्रायम्फ शोरूममा आयोजना गरिएको कार्यक्रममा ट्रायम्फका स्पीड ४०० र स्क्राम्बलर ४०० एक्स मोडेलहरूको भव्य डेलिभरी गरिएको हो ।

यी बहुप्रतिक्षित मोडेलहरू गत अगस्ट २७मा नाडा अटो शो २०२४ सार्वजनिक गरिएको थियो।
ब्रान्डलाई लिएर ग्रहाकहरूमाझ अत्यधिक उत्साह र उत्सुकता देखिएको थियो।
त्यस नाडा अटो शो मा बुक गर्ने भाग्यशाली २०० ग्राहकहरूले नेपालमै पहिलो पटक भएको भव्य मोटरसाइकल वितरण कार्यक्रममा भाग लिन पाएका छन् ।