२८ असार २०८३, आइतबार

ट्रायम्फका २ सय वटा मोटरसाइकल एकैदिन डेलिभरी​​​​

कात्तिक ६, २०८१
काठमाडौं
ट्रायम्फका २ सय वटा मोटरसाइकल एकैदिन डेलिभरी​​​​
फाइल तस्वीर

ट्रायम्फ नेपालले एकै दिन २ सय वटा मोटरसाइकल डेलिभरी गरेको छ ।

'ट्रायम्फ डे : २०० मशिनस्, वान प्यासन' अन्तर्गत मोटरसाइकल वितरण गरिएको कम्पनीले जनाएको छ ।

लन्चपछि गत अगस्टमा ​प्रि-बुक भएका मोटरसाइकल विशेष कार्यक्रमका साथमा डेलिभरी गरिएको हो ।

काठमाडौंको नक्सालस्थित ट्रायम्फ शोरूममा आयोजना गरिएको कार्यक्रममा ट्रायम्फका स्पीड ४०० र स्क्राम्बलर ४०० एक्स मोडेलहरूको भव्य डेलिभरी गरिएको हो ।

null

यी बहुप्रतिक्षित मोडेलहरू गत अगस्ट २७मा नाडा अटो शो २०२४ सार्वजनिक गरिएको थियो।

ब्रान्डलाई लिएर ग्रहाकहरूमाझ अत्यधिक उत्साह र उत्सुकता देखिएको थियो।

त्यस नाडा अटो शो मा बुक गर्ने भाग्यशाली २०० ग्राहकहरूले नेपालमै पहिलो पटक भएको भव्य मोटरसाइकल वितरण कार्यक्रममा भाग लिन पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्