०७ साउन २०८३, बिहीबार

बाबुरामको नेसपामा थपियो ‘नयाँ शक्ति, झण्डामा आँखा

कात्तिक ६, २०८१
काठमाडौं
बाबुरामको नेसपामा थपियो ‘नयाँ शक्ति, झण्डामा आँखा

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको नाम र झण्डा फेरिएको छ ।

पोखरामा भएको प्रथम विधान अधिवेशनले पार्टीको नाम र झण्डा फेरेको नेतृ हिसिला यमीले लोकान्तरलाई  जानकारी दिइन् ।

नेपाल समाजवादी पार्टी पछाडि अब कोष्ठकमा नयाँ शक्ति थपिएको छ । 

यस अघि भट्टराईले माओवादीबाट अलग हुँदा नयाँ शक्ति पार्टी खोलेका थिए । त्यसपछि जसपा हुँदै नेसपा गठन गरेका थिए । 

तर पार्टीको प्रथम विधान अधिवेशनबाट नाम र झण्डा पनि परिवर्तन भएको हो ।

यस अघिको झण्डामा आँखा थप गरिएको छ । 

नेसपाले नयाँ शक्तिले आगामी माघ २५ देखि २७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

null

कमेन्ट गर्नुहोस्