
नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको दिल्ली प्रस्थान गरेका थिए ।
भारतको नयाँ दिल्लीमा हुने एसिया जलवायु शिखर सम्मेलनमा भाग लिन थापा मंगलबार साँझ दिल्लीतर्फ लागेको उनको सचिवालयले जनाएको छ ।
उनी केही दिनपछि नेपाल फर्किनेछन् । मंगलबार शुरू भएको सम्मेलन बिहीबारसम्म चल्नेछ ।
एशिया प्रशान्त क्षेत्रका कार्बन बजार व्यवसायीहरू, विशेषज्ञहरू र सरकारहरूको प्रमुख भेला हो।