१३ असार २०८३, शनिबार

टाटाको टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका : हरेक बुकिङमा सुनको असर्फी वा आईफोन १६ प्रो

कात्तिक ६, २०८१
काठमाडौं
टाटाको टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका : हरेक बुकिङमा सुनको असर्फी वा आईफोन १६ प्रो

​​​​नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्ने भएको छ ।​ 

धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभीसँग साट्न सकिने कम्पनीले जनाएको छ ।

यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कात्तिक ८, ९, र १० गते टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरि रहेका शोरुमहरूमा आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।

यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो ईभीको हरेक बुकिङमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्नेछन् ।​ 

उल्लेखित अफरहरू धनतेरस एक्सचेन्ज धमाका ३ दिनका लागि मात्र लागू हुनेछ ।​ 

टियागो ईभी नेपालको विद्युतीय चार पांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो ।

टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुन्छ ।

पार्किङका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्