०५ साउन २०८३, मंगलबार

कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता हटाउँछौँ : मन्त्री अधिकारी

कात्तिक ६, २०८१
चितवन
कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता हटाउँछौँ : मन्त्री अधिकारी

 कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा लागेकाहरू रोजगारी  सिलसिलामा विदेश जानुपर्ने बाध्यता हट्नेगरी मन्त्रालयले काम गरेको बताएका छन् । 

नेपाल किसान महासङ्घ जिल्ला समिति चितवनले आज  आयोजना गरेको किसानसँग अन्तरक्रियामा अधिकारीले कृषकको समस्या समाधान गर्दै विदेश पलायन हुने समस्या रोक्नेगरी काम गर्न लागेको बताए। उनले भने, “किसान कर्म गर्नेहरू बाहिर जाने स्थिति र खाडीमा जानुपर्ने अवस्था नहोस् भनेर खाली जमिनको उपभोग गर्ने नीति सरकारले ल्याएको छ ।” खाली जमिनमा माटो सुहाउँदा खेती गर्नेगरी मन्त्रालयले काम अघि बढाएको उनले बताए ।  

मन्त्री अधिकारीले किसानका समस्याहरू समाधान गर्न सरकार लागिपरेको स्पष्ट पार्दै कुनै पनि मन्त्रालय वा क्षेत्रमा कमजोरी गर्ने छुट यो सरकारलाई नभएको बताए । 

सङ्घका जिल्ला अध्यक्ष नीलकण्ठ रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषक विष्णु अर्याल, गीता देवकोटा, किशोर बगाले, भरत घिमिरे, शिव शर्मा पौडेल, शालिग्राम पौडेल, परमजीवी ढकाल, विष्णुहरि पन्तलगायतले अहिले किसानले पाएका समस्या समाधान गर्न मन्त्रालय लाग्नुपर्ने जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्