२४ जेठ २०८३, आइतबार

सरकारको आगामी योजना बनाउन शुक्रबार पुन: सत्ता समीकरणको बैठक बस्ने

कात्तिक ७, २०८१
काठमाडौं
सरकारको आगामी योजना बनाउन शुक्रबार पुन: सत्ता समीकरणको बैठक बस्ने

कात्तिक ९ गते पुन: सत्ता समीकरणको बैठक बस्ने भएको छ । सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा छलफल गर्न शुक्रबार पुन: बैठक बस्ने नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकपछि साझा धारणा सार्वजनिक गर्नेउनले बताए । आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समीकरणमा रहेका दलहरू एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए । 

लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने उनले बताए ।

'हामी लोकतन्त्रका लागि लडेका हौँ । हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ । अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आजीवन लागेका छौँ । हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन । यसमा हामी स्पष्ट छौँ,' प्रधानमन्त्री ओलीले भने । 

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्