
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका- ७ सोह्रबिघाका २२ वर्षीय प्रदीप कुर्मी छन् ।
उनको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको विद्युत जडित पानी तान्ने कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।