२४ जेठ २०८३, आइतबार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, तिमल्सिना, कलवार र अग्रवाल मन्त्री बन्दै

कात्तिक ७, २०८१
बुटवल
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, तिमल्सिना, कलवार र अग्रवाल मन्त्री बन्दै

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्‌मा तीन जना नयाँ मन्त्री थपिने भएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन् ।

आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जसपाबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन् ।​

तिमल्सिनाले सामाजिक, कलवारले वन र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

बिहीबार शपथका लागि तयारी गरिएको भौतिक पूर्वाधार तथा विकासमन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्