१९ असार २०८३, शुक्रबार

असोजमा मात्रै ५ करोडको तास आयात

कात्तिक ७, २०८१
काठमाडौं
असोजमा मात्रै ५ करोडको तास आयात

नेपालले एक महिनामा ५ करोड रुपैयाँभन्दा बढीको तास आयात गरेको छ ।

चालू आर्थिक वर्षको असोज महिनामा मात्रै नेपालले ५ करोड ६५ लाख ८९ हजार रुपैयाँको तास आयात गरेको हो ।

भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म नेपालमा कुल ११ करोड ७७ लाख ५३ हजार रुपैयाँ बराबरको ३९ लाख ८५ हजार ६०३ थान तास आयात भएको छ । 

गत भदौ महिनासम्म ६ करोड ११ लाख ६४ हजार रुपैयाँ बराबरका २० लाख ७ हजार ८९२ थान तास आयात भएका थिए ।

नेपालमा सबैभन्दा बढी तास चीनबाट हुने गरेको छ ।

नेपालमा भारत, बेलायत र अमेरिकाबाट तास भित्रिने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्