२५ असार २०८३, बिहीबार

दशैँ बिदाको बाहानाः कुलमानले बुझाएनन् तोकिएको समयमा स्पष्टीकरण

कात्तिक ७, २०८१
काठमाडौं
दशैँ बिदाको बाहानाः कुलमानले बुझाएनन् तोकिएको समयमा स्पष्टीकरण

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तोकिएको समयमा सरकारलाई स्पष्टीकरण बुझाएका छैनन् । समयसीमाको अन्तिम दिन बुधवार (कार्तिक ७ गते) पनि उनले स्पष्टीकरण नबुझाएका हुन् । 

स्पष्टीकरण बुझाउने अन्तिम दिन बुधवार घिसिङले दशैँ बिदाका कारण समयमा स्पष्टीकरण बुझाउन असमर्थ रहेको बताउँदै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेखेका छन् । जहाँ थप १५ दिनको समय माग गरिएको छ ।

प्रबन्ध निर्देशक घिसिङले दशैँ बिदाका कारण कर्मचारीहरू नभएकाले आवश्यक विवरण उपलब्ध नभएको उल्लेख गर्दै १५ दिनको समय माग गरेको पत्र पठाएको मन्त्रालय स्रोतले जनाएको छ ।  

‘मन्त्रालयले माग गरेका सबै विवरण उपलब्ध गराउन समय माग गरिएको पत्र मन्त्रालयमा आएको छ’, स्रोतले भन्यो, ‘जहाँ दशैँ बिदाका कारणले कर्मचारीहरूबाट विवरण नआएको कुरा उल्लेख छ ।’

उर्जा मन्त्रालयले गत असोज २३ गते विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो । 

डेडिकेटेड र ट्रंकलाइन विवादमा आफूखुसी गरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको हो । उक्त स्पष्टीकरण बुझाउने बुधवार अन्तिम दिन रहेको थियो ।
 


 

salt training

कमेन्ट गर्नुहोस्