२५ जेठ २०८३, सोमबार

रविको पक्षमा आज पनि पोखरामा प्रदर्शन

कात्तिक ८, २०८१
काठमाडौं
रविको पक्षमा आज पनि पोखरामा प्रदर्शन

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा आज पनि प्रदर्शन भएको छ । 

null

रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइरहँदा रास्वपाका नेता कार्यकर्ताले पोखराको वाइ चोकमा सडकमै बसेर विरोध प्रदर्शन गरेका हुन् । 

यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोकदेखि वाइचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो । 

null

रास्वपा कार्यकर्ताले शनिबारदेखि उनको पक्षमा प्रदर्शन गरिरहेका छन् । तर, रास्वपाले सोचेअनुसार प्रदर्शनमा जनसहभागिता भने देखिएको छैन । उर्दी नै जारी गरेर पूर्वदेखि पश्चिमसम्मबाट बोलाइएका केही सय कार्यकर्ता र पार्टीको सिंगो नेतृत्व पंक्तिको भरमा आन्दोलन चलिरहेको छ ।

null

गत शुक्रवार काठमाडौंबाट पक्राउ परेका लामिछाने रातारात पोखरा पुर्‍याइएको थियो । यसअघि थपिएको म्याद सकिएपछि आज उनलाई पुन: म्याद थप गर्न कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । 

सहकारी प्रकरणमै एक महिनाअघि पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि आज अदालतमा उपस्थित गराइएको छ । 

 


 

salt training

कमेन्ट गर्नुहोस्