३० जेठ २०८३, शनिबार

सडकमा अत्यधिक जाम भएपछि गाडी बाटोमै छोडेर घर हिँडे यात्रु [भिडियो]

कात्तिक ८, २०८१
काठमाडौं
सडकमा अत्यधिक जाम भएपछि गाडी बाटोमै छोडेर घर हिँडे यात्रु [भिडियो]

भारतको बैंग्लोरमा भारी वर्षा भइरहेको छ । वर्षाका कारण ट्राफिक जाम हुँदा सर्वसाधारणलाई निकै समस्या भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

मानिसहरू केही धेरै घण्टासम्म ट्राफिक जाममा अलपत्र हुन् । केही किलोमिटर लामो जामका कारण मानिसहरू सडकमै सवारीसाधन छाडेर पैदल हिँडेर घर जान लागेको आजतकले जनाएको छ ।

बैंग्लोरमादेखि तमिलनाडु जोड्ने सडकमा चरम ट्राफिक जाम भएको हो । बैंग्लोरको यो डरलाग्दो ट्राफिक जामको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा मानिसहरू सडकमा आफ्नो सवारीसाधन छोडेर पैदल घर जान लागेको देख्न सकिन्छ।

यात्रुहरूलाई घर पुग्न सामान्यभन्दा चार गुणा बढी समय लागेको गुनासो गरेका छन् ।

सडकमा पानी जम्मा भएपछि बैंग्लोर ट्राफिक प्रहरीले फ्लाईओभरका केही भाग बन्द गरेको छ । तर, समस्या झनै बढाएको छ । 

बिहीबार बिहानसम्म भने धेरै क्षेत्रमा पानीको बहाव घटेको समाचामा उल्लेख छ । 

 

salt training

कमेन्ट गर्नुहोस्