०९ साउन २०८३, शनिबार
सहकारी ठगी

रवि पक्राउ प्रकरणः प्रदर्शनकारी र प्रहरीबीच झडप, दुई सेल अश्रुग्यास प्रहार

कात्तिक ८, २०८१
काठमाडौं
रवि पक्राउ प्रकरणः प्रदर्शनकारी र प्रहरीबीच झडप, दुई सेल अश्रुग्यास प्रहार

कास्की जिल्ला अदालतले आफ्ना सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ता आक्रोशित भएका छन् ।

आन्दोलनकारी निषेधित क्षेत्रमा प्रवेश गर्ने क्रममा बुधवार पाेखरामा प्रहरीसँग झडप भएको हाे ।

यस क्रममा प्रहरीले दुई सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

लामिछाने सहकारी ठगी प्रकरणमा गत शुक्रवार पक्राउ परेपछि रास्वपाले निरन्तर आन्दोलन गरिरहेको छ । 

बुधवार पनि उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको हो । सात दिन म्याद थपको सूचनालगत्तै प्रदर्शनकारी आक्रोशित भएका हुन् ।  

salt training

कमेन्ट गर्नुहोस्