२७ जेठ २०८३, बुधबार

सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ

कात्तिक ९, २०८१
काठमाडौं
सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह ७८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले घुससहित नियन्त्रणमा लिएको हो । 

बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले घुस  रकम लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका-४ को कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्