२७ असार २०८३, शनिबार

कञ्चनपुरमा ओछ्यानमै मृत भेटिए दम्पती, अनुसन्धान गर्दै प्रहरी

कात्तिक ९, २०८१
कञ्चनपुर
कञ्चनपुरमा ओछ्यानमै मृत भेटिए दम्पती, अनुसन्धान गर्दै प्रहरी

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल ओछ्यानमै मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । 

दुवै जना मृत भेटिएको खबर आज बिहान स्थानीयले प्रहरीलाई दिएका थिए । 'घटना शङ्कास्पद छ, उनले भने, 'मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।'
 

salt training

कमेन्ट गर्नुहोस्