०८ साउन २०८३, शुक्रबार

नदीमा डुबेर ३ बालिकाको मृत्यु

कात्तिक ९, २०८१
दाङ
नदीमा डुबेर ३ बालिकाको मृत्यु

दाङको लमही नगरपालिका- २ रनियापुरस्थित राप्ती नदीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका सन्तराम चौधरीकी छोरी १२ वर्षीया झरना, सिताराम चौधरीकी छोरी १२ वर्षीया निशा र सोही नगरपालिका- ५ लमही गल्ली बस्ने गढवा गाउँपालिका- ४ घर भएका श्रीकान्त चौधरीकी छोरी १२ वर्षीया कृष्टी रहेका छन् ।

नदीमा डुबेर अशक्त भएका उनीहरूको बिहीबार दिउँसो लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्