०५ साउन २०८३, मंगलबार

सरकारविरुद्ध आज काठमाडौंमा माओवादीको खबरदारी सभा

कात्तिक १०, २०८१
काठमाडौं
सरकारविरुद्ध आज काठमाडौंमा माओवादीको खबरदारी सभा

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले आज संघीय राजधानी काठमाडौंमा खबरदारी सभा आयोजना गर्दै छ । 

केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले आज काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागेको हो । सभा रचनात्मक र शान्तिपूर्ण हुने माओवादले जनाएको छ । 

सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन माओवादीले खबरदारी सभा गर्ने निर्णय गरेको थियो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारी पनि सहभागी हुन् छन् । 

जुलुस भद्रकाली, शहीद गेट हुँदै काठमाडौं मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने माओवादीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्