कर्णाली प्रदेशको दैलेखस्थित दुल्लु र नौमुले गाउँपालिकामा यतिखेर धानका बाला लहलह झुलेका छन् । दैलेखको लोहोरे खोला छेउमा लहलह झुलेका धानका फाट निकै मनमोहक देखिएका छन् ।
कतै किसान धान काट्न व्यस्त देखिन्छन् भने कतै थन्क्याउने चटारो छ ।
तर, दैलेखमा कृषिजन्य उत्पादन प्रत्येक वर्ष घट्दै गएको नौमुले गाउँपालिकाका स्थानीय भुपाल थापा बताउँछन् ।
पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमा समेत कमी आएको छ ।
खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइँसराइ र युवापुस्ता विदेशिनुले त्यसको प्रभाव कृषिमा परेको उनको भनाइ छ ।