२५ असार २०८३, बिहीबार

भारतको सहयोगमा बन्यो गल्याङ नगर अस्पतालको भवन

कात्तिक १०, २०८१
काठमाडौं
भारतको सहयोगमा बन्यो गल्याङ नगर अस्पतालको भवन

भारत सरकारको सहयोगमा स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ४.०१३ करोड रुपैयाँ आर्थिक सहयोगमा उक्त अस्पताल भवन निर्माण सम्पन्न भएको हो । 

उक्त नवनिर्मित भवनको शुक्रबार नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, स्याङ्जाका प्रमुख  श्रीप्रसाद जिटी र गल्याङ नगरपालिकाका नगर प्रमुख  गुरु प्रसाद भट्टराईले संयुक्त रुपमा उद्घाटन गरे । 

दूतावासका अनुसार भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस्तै  जिल्ला समन्वय समिति, स्याङ्जामार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो ।

null

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, गल्याङ नगरपालिकाका नगर प्रमुख, राजनीतिक प्रतिनिधि र अस्पताल व्यवस्थापनका प्रतिनिधिहरुले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । 

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, अस्पताल व्यवस्थापनका प्रतिनिधि, चिकित्सक, मेडिकल स्टाफ सदस्य  तथा गल्याङ नगर अस्पतालका अधिकारीको पनि उपस्थिति रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्