
नेकपा माओवादी केन्द्रले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ ।
सरकारविरुद्ध खबरदारी गर्ने भन्दै शनिबार साढे ११ बजेदेखि काठमाडौंको कान्तिपथबाट प्रदर्शन शुरू गरेको हो ।
सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर उक्त जुलुस खबरदारी सभामा परिणत हुने माओवादी केन्द्रले जनाएको छ ।
पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो ।
सरकारले गलत काम गरेको भन्दै त्यसको विरोध गर्न माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभामा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्नेछन् ।
सभामा पार्टीका सबै तहका नेता र कार्यकर्ता उपस्थित हुने जनाइएको छ ।