१५ असार २०८३, सोमबार

उद्योग वाणिज्य सङ्घ सुखीपुरमा यादव नेतृत्वको प्यानल निर्वाचित

कात्तिक १०, २०८१
सिरहा
उद्योग वाणिज्य सङ्घ सुखीपुरमा यादव नेतृत्वको प्यानल निर्वाचित

उद्योग वाणिज्य सङ्घ सिरहा सुखीपुर शाखाको ५औं कार्यकालका लागि भएको चुनावमा सूर्यनारायण यादव नेतृत्वको प्यानल नै निर्वाचित भएको छ ।

अध्यक्षमा निर्वाचित यादवले छ सय ६४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विजयप्रसाद गुप्ताले चार सय ९१ मत पाएका थिए । 

यादव प्यानलबाट प्रथम उपाध्यक्षमा राकेश पूर्वेले छ सय ७३, द्वितीय उपाध्यक्ष रामेशकुमार महतोले पाँच सय ५६, महासचिवमा दिनेशकुमार यादवले छ सय १०, सचिवमा सञ्जयकुमार यादवले छ सय ३५ र कोषाध्यक्षमा रोशन कमारले छ सय ७८ मत प्राप्त गरेर विजयी भएका प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले जानकारी दिए ।

गुप्ता प्यानलबाट प्रथम उपाध्यक्षमा राधेश्याम महतोले चार सय ७४, द्वितीय उपाध्यक्षमा ओमप्रकाश महतोले चार सय ८६, महासचिवमा कामेश्वर चौधरी सुडीले पाँच सय ३२, सचिवमा रतनेश चौधरीले पाँच सय ६ र कोषाध्यक्षमा वीरेन्द्र भण्डारीले पाँच सय ५८ मत प्राप्त गरे । 

यस्तै सदस्यहरूमा काशिन्द्र यादव, राजदेव साह, पशुपति साह विजयी भएका छन् । 

एक हजार तीन सय २५ मतदाता सङ्ख्या रहेकोमा शुक्रबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एक हजार १६७ मत खसेका थिए भने आठ मत बदर भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्