२७ असार २०८३, शनिबार

पाकिस्तानमा सुरक्षाकर्मीमाथि आक्रमणः सात जनाको मृत्यु

कात्तिक १०, २०८१
काठमाडौं
पाकिस्तानमा सुरक्षाकर्मीमाथि आक्रमणः सात जनाको मृत्यु

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिवार भएको आक्रमणमा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको सरकारी स्रोतले जनाएको छ ।

आदिवासीहरूको बसोबास रहेको उत्तरी वजिरिस्तानमा भएको घटनामा आतङ्कवादीहरूले सेना र प्रहरीको संयुक्त जाँच चौकीमा आक्रमण गरेपछि भएको भिडन्तका क्रममा यो हताहत भएको हो । 

मृत्यु हुनेमा चार प्रहरी, एक सैनिक जवान र दुई सर्वसाधारण रहेको स्रोतले जनाएको छ । आक्रमणमा दुई प्रहरी र एक सैनिक घाइते भएका थिए ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ । समाचार तयार पार्दासम्म उक्त आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्