२३ असार २०८३, मंगलबार

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमण: ५० भन्दा बढी मानिसको मृत्यु, २०० जना घाइते

कात्तिक १०, २०८१
काठमाडौं
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमण: ५० भन्दा बढी मानिसको मृत्यु, २०० जना घाइते

खार्तुम–मध्य सुडानको एउटा गाउँमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले शुक्रबार गरेको आक्रमणमा ५० भन्दा बढी मानिसको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको गैरसरकारी समूहहरूले जनाएका छन् ।

‘शुक्रबार बिहान आरएसएफले अल कमलिन क्षेत्रको अलसेरिहा गाउँमा भारी गोलाबारी र बमबारी गरेका छन्, ’गेजिरा राज्यको राजधानी वड मदनीमा रहेको प्रतिरोध समितिले भनेको छ, ‘अलसेरिहा गाउँका ५३ भन्दा बढी सर्वसाधारण मारिएका छन् भने २०० भन्दा बढी अन्य घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।’

शुक्रबार बिहानैदेखि आरएसएफ लडाकूले गेजिरा राज्यको उत्तरमा रहेको अल कमलिन इलाकाको अलसेरिहा गाउँमा आक्रमण गरेको थियो ।

लडाकूहरूले हतियार र तोपमार्फत् अग्लो भवनबाट निहत्था नागरिकहरूमा गोली हान्न थालेको एक गैरसरकारी समूहले जनाएको छ ।

सुडानको विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत गेजिरा राज्यका गाउँ र शहरविरुद्ध आरएसएफको प्रतिशोधात्मक अभियानको निन्दा गरेको छ ।

आरएसएफले जनजाति र क्षेत्रीय आधार इलाकाहरूमा अभियानहरू सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

सन् २०२३ मध्य अप्रिलदेखि सशस्त्र सेना र आरएसएफबीचको द्वन्द्वले सुडानमा व्यापक आर्थिक तथा भौतिक क्षति पुगेको छ । सशस्त्र द्वन्द्वका कारण यहाँ हालसम्म २४ हजार ८५० भन्दा बढीको ज्यान गएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्