०४ असार २०८३, बिहीबार

यी हुन् त सोनम कपूरका प्रेमी ?

कात्तिक २०, २०७४
यी हुन् त सोनम कपूरका प्रेमी ?

काठमाडौं — एउटा तस्वीरले हजार शब्द बराबरको काम गर्छ भनिन्छ । त्यसैले बलिउड अभिनेत्री सोनमक कपूरले आफ्ना केटासाथी आनन्द आहुजाका साथ लन्डनस्थित एक साथीको इन्गेजमेन्ट पार्टीमा देखिएपछि उनीहरूबीचको सम्बन्ध प्रस्ट भएको छ ।

sonam-kapoor-anand-ahuja-759

सोनम र आनन्दको तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बन्न पुग्यो । महत्वपूर्ण कुरा त, उनीहरू दुवैजना यसअघि पनि सँगै देखिएका थिए ।

अक्षय कुमारले हलिउड अभिनेता विल स्मिथका लागि राखेको पार्टीमा पनि उनीहरू देखिएका थिए । उनीहरूबीच रोमान्सको हल्लाले बजार तातेको भएपनि साृनमले यस विषयमा मुख खोलेकी छैनन् ।

बुधवार ब्रान्ड भिजन समिटमा सोनमलाई आनन्द आहुजासँगको बारृमा पत्रकारहरूले प्रश्न गरे । त्यसमा उनको जवाफ थियो, ‘म आफ्नो व्यक्तिगत जीवनका बारेमा कुरा गर्न चाहन्नँ । म यसको उत्तर दिनु जरूरी ठान्दिनँ ।’

दी इन्डियन एक्सप्रेस

salt training

कमेन्ट गर्नुहोस्