०८ साउन २०८३, शुक्रबार

प्रतितोला एक हजार ४०० ले बढ्यो सुनको मूल्यः नयाँ कीर्तिमान कायम

कात्तिक ११, २०८१
काठमाडौं
प्रतितोला एक हजार ४०० ले बढ्यो सुनको मूल्यः नयाँ कीर्तिमान कायम

सुनको मूल्यमा आइतवार नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार सुन तोलामा एक हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।
 
शुक्रवार प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतवारका लागि एक लाख ६७ हजार ४०० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

शुक्रवार प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ८५ निर्धारण भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्