१९ असार २०८३, शुक्रबार

महिला एकता अध्ययन केन्द्रको अध्यक्षमा पुन: राई निर्वाचित

कात्तिक ११, २०८१
खोटाङ
महिला एकता अध्ययन केन्द्रको अध्यक्षमा पुन: राई निर्वाचित

महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दुर्गाजयन्ती राई चयन भएकी छिन् ।

हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यका साथ १८ वर्षअघि स्थापना गरिएको केन्द्रको पाँचौं अधिवेशनले महिला नेतृ राईलाई पुनः चौथो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

पन्ध्र सदस्यीय जिल्ला कार्यसमिति रहेको महिला एकता अध्ययन केन्द्रको उपाध्यक्षमा बिन्दा थापा, सचिवमा कमला घिमिरे, सहसचिवमा चन्द्रकला कार्की र कोषाध्यक्षमा मनिशोभा राई चयन भएका छन् । 

‘बिनाअध्ययन मानव जीवन अपूरो हुने र जुनसुकै कामको सफलताको कल्पना गर्न सकिन्न’ भन्ने मान्यतालाई आत्मसात् गर्दै स्थापना गरिएको अध्ययन केन्द्रले आफ्नै कार्यालयमा पुस्तकालयसमेत सञ्चालन गर्दै आएको छ ।

परिवार, समाज र देशले अपेक्षित गति लिन नसक्नुमा एउटा कारण अध्ययनकै कमीले भएकाले अध्ययन संस्कृतिको विकास गर्न पुस्तकालय सञ्चालन गरिएको अध्यक्ष राईले बताउनुभयो ।

जिल्लाका १० वटै स्थानीय तहका महिलाहरू सहभागी महिला एकता अध्ययन केन्द्रमा ८० जना साधारण सदस्य रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्