
अदालतको अवहेलना मुद्दा लागेका नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले लिखित जवाफ बुझाएका छन् ।
नेपाल बारका पूर्व अध्यक्षसहित विभिन्न कानून व्यवसायीहरूको उपस्थितिमा आइतबार लिखित जवाफ बुझाइएको हो ।
घिमिरेले बुझाएको जवाफ २८ पेजको छ ।
घिमिरेले तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लक्षित विवादास्पद अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द अधिकारीको प्रतिवेदनले अवहेलना मुद्दा दर्ता गरिएको थियो ।
उक्त मुद्दाको कात्तिक १ गते पेशी हुँदा सर्वोच्च अदालतले लिखित जवाफ मागेको थियो ।