२४ जेठ २०८३, आइतबार

भुटानलाई हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश

कात्तिक ११, २०८१
काठमाडौं
भुटानलाई हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश

तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।  

बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् ।

त्यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम समान १/१ गोल गरेका हुन् ।

भुटानका लागि डेकी लाजोमले एक गोल फर्काइन् ।

प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल आज साँझ ६ः३० बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्