२३ जेठ २०८३, शनिबार
चेलीहरुको जित

नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

कात्तिक ११, २०८१
काठमाडौं
नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ र‌ंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा बलियो टोली भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । 

दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण ७३ मिनेटपछि लामाे समय रोकिएको खेल पुन: सुरु भएको एक मिनेटमै भारतलाई गोल फर्काएको थियो। 

प्रिती राईको पासमा साबित्रा भण्डारीले नेपालका लागि गोल गरेर खेललाई बराबरीमा ल्याइपुर्‍याएकी थिइन्। त्यसअघि भारतले ७२ मिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो। त्यसपछि भने कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । 

नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। आइतबार नै बंगलादेश भुटानलाई ७-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगिसकेको छ।

salt training

कमेन्ट गर्नुहोस्