२५ जेठ २०८३, सोमबार

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतहरू सिफारिस

कात्तिक १२, २०८१
काठमाडौं
उपनिर्वाचनका लागि निर्वाचन अधिकृतहरू सिफारिस

न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस गरेको छ । 

परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । 

परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ । 

जिल्ला अदालतका न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । 

त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्