०७ असार २०८३, आइतबार

हत्या आरोपित अभियुक्त चार वर्षपछि पक्राउ

कात्तिक १२, २०८१
संखुवासभा
हत्या आरोपित अभियुक्त चार वर्षपछि पक्राउ

 हत्या आरोपित फरार अभियुक्त मादी नगरपालिका–८ का राजकुमार तामाङलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

२०७७ साल माघ १० गते छिमेकी रत्नबहादुर प्रधानको हत्याका आरोपित तामाङ फरार थिए । उनलाई आइतबार पक्राउ गरिएको संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले बताए । 

गत असोज १९ गते अभियुक्त राजकुमार तामाङकै गाउँका दिनेश मोक्तान आगजनी गरेको आरोपमा समातिएपछि उनको बयानका आधारमा हत्या आरोपित राजकुमारलाई प्रहरीले पक्राउ गरेको डिएसपी बस्नेतले बताए । हत्यामा संलग्न तामाङविरुद्ध कर्तव्यज्यान तथा आपराधिक उपद्रव र मोक्तानविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा चलाएको प्रहरीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्