०६ साउन २०८३, बुधबार

शनिबार र भाइटीकाबाहेक तिहारमा पनि सर्वोच्च आंशिक रूपमा खुला रहने

कात्तिक १२, २०८१
काठमाडौं
शनिबार र भाइटीकाबाहेक तिहारमा पनि सर्वोच्च आंशिक रूपमा खुला रहने

शनिबार र भाइटीकाबाहेक अन्य दिन तिहार बिदामा पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका रिटमाथि सुनुवाइ हुने भएको छ ।

कात्तिक १५ देखि १९ सम्मको बिदामा शनिबार र आइतबारबाहेक अन्य दिन अदालत आंशिक रूपमा खुला रहने भएको हो ।

'भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपरान्ह ३:०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' अदालत प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्