२४ असार २०८३, बुधबार

साफ महिला फुटबल फाइनलको टिकट बिक्री स्थगित गर्ने एन्फाको निर्णय

कात्तिक १२, २०८१
काठमाडौं
साफ महिला फुटबल फाइनलको टिकट बिक्री स्थगित गर्ने एन्फाको निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनल खेलको अग्रिम टिकट बिक्री स्थगित गरेको छ । देशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको एन्फाले सोमबार जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।  

यसअघि आइतबार नेपाल र भारतबीच भएको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै त्यसको बारेमा सत्यतथ्य बुझ्न टिकट बिक्री स्थगित गरिएको एन्फाले जनाएको छ ।

एन्फाले साफ वुमन्स च्याम्पिनयसिपको लागि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई टिकेटिङको अधिकार बिक्री गरिएको थियो ।

दशरथ रंगशालको दर्शक क्षमता १५ हजार भएपनि आइतबारको खेलमा क्षमता भन्दा बढी दर्शक उपस्थित थिए । 

साथै एन्फाले यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्री वितरण गरी कुनै समस्या आइपरेमा आफू जवाफदेही नहुने पनि जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्