२३ असार २०८३, मंगलबार

इजरायलले ‘आइरन बिम’ लेजर सुरक्षा प्रणालीमा ५३ करोड डलर खर्च गर्ने

कात्तिक १२, २०८१
काठमाडौं
इजरायलले ‘आइरन बिम’ लेजर सुरक्षा प्रणालीमा ५३ करोड डलर खर्च गर्ने

इजरायलको रक्षा मन्त्रालयले सोमबार ‘आइरन बिम’ नामक लेजर वायु सुरक्षा प्रणालीको विकास तीव्र पार्न ५३ करोड डलर छुट्याएको जनाएको छ ।

“रक्षा मन्त्रालयले लेजर अवरोधक प्रणाली ‘आइरन बिम’ को खरिद उल्लेखनीय रूपमा बढाउन लगभग दुई अर्ब अरब शेकेल (इजरायली मुद्रा) बराबरको ठूलो सम्झौतामा हस्ताक्षर गरेको छ”, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यो प्रणाली लेबनानको हिजबुल्लाहले गाजामा युद्ध सुरु भएयता आफ्नो प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा इजरायलमाथि प्रहार गरिरहेको ड्रोन र अन्य प्रक्षेप्यास्त्रहरूको अवरोध सुधार गर्न लक्षित छ । 

आइरन बिम अधिक परिचित आइरन डोम जस्ता अन्य हवाई सुरक्षा क्षमताहरूको पूरक हुनेछ । यी प्रणालीहरूले लेबनानी सशस्त्र समूहद्वारा प्रक्षेपण गरिएका सबै प्रक्षेप्यास्त्रहरूलाई रोक्न नसक्दा नागरिक र सैन्य क्षति भएको छ ।

विज्ञप्तिअनुसार रक्षा मन्त्रालयले रक्षा कम्पनीहरू राफेल र एल्बिटसँग काम गर्नेछ ।

मन्त्रालयका महानिर्देशक एयाल जमिरले नयाँ प्रणाली ‘एक वर्षभित्र सञ्चालनमा आउने’ आशा गरेको विज्ञप्तिमा उल्लेख छ ।

राफेल एड्भान्स्ड डिफेन्स सिस्टम्स इजरायलको राष्ट्रिय रक्षा अनुसन्धान तथा विकास निकाय हो । 

salt training

कमेन्ट गर्नुहोस्